कारबाहीमा परेका १४ सांसदको पद नजाने

काठमाडौं । नेकपा एमालेले कारबाही गरेको १४ सांसदको पद नजाने भएको छ । एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले पद नजाने जनाएको हो ।
गत भदौं १ गते नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप
उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको थियो । तर संसद सचिवालयले एमालेले दिएको पत्रमा निर्णय गर्न ढिलाइ गर्दै आएको थियो ।
यसबीचमा निर्वाचन आयोगले माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एकीकृत समावादी पार्टी दर्ता गरेको र ती सांसदहरु नयाँ दलमा रहेको भन्दै संसद सचिवालयले पद नजाने जनाएको हो ।