कार्यकर्ता भेट्दाको धपेडीले एमाले अध्यक्ष ओली बिरामी

तु खबर संवाददाता
२०७८ भाद्र १९,शनिबार १२:३९
file-photo

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि एमालेका नेता तथा कार्यकतासंग भेटघाटमा सक्रिय भएका उनलाई धपेडीका कारण स्वास्थ्यमा

समस्या देखिएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिएका छन् ।

स्वास्थ्य समस्या देखिएसंगै उनले शनिवारको लागि भेटघाट तथा औपचारिक सबै कार्यक्रम स्थगित गरेका छन् ।