कांग्रेस मनहरी गाउँपालिका २ नं वडा सभापतिमा गोङ्बा
![](https://www.tukhabar.com/wp-content/uploads/2021/09/congress-manahari-2.jpg)
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिका २ नं वडा सभापतिमा प्रेमबहादुर गोङ्बा चयन भएका छन् ।
कांग्रेसको आज भएको वडा अधिवेशनले गोङ्वासहित कार्यसमितिलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यस्तै उपसभापतिमा कर्णबहादुर लामा डिम्डुङ् र शान्तिमाया थिङ, सचिवमा सोवित वाइवा र आत्मराम रुम्बा, सह–सचिवमा विवेक मोक्तान र दिपेन्द्रप्रसाद सेढाई चयन भएका हुन् ।
भेलाले अन्य ८ जना सदस्य चयन गरेको छ ।
त्यस्तै क्षेत्रीय प्रतिनिधिमा चन्द्रबहादु मोक्तान, रत्न स्याङ्तान, चट्टान स्याङ्तान, लोकबहादुर जिम्बा, कर्णबहादुर लामा डिम्डुङ, सोवित वाइवा, विष्णुमाया बुलुन, शान्तिमाया थिङ, विमलामाया रुम्बा, प्रेम थिङ्, कृष्ण लामा, शान्ति थिङ, रीताकुमारी सिंजालीमगर, दिपेन्द्रप्रसाद सेढाइ, धनमाया विक र जयबहादुर प्रजालगायत रहेका छन् ।