मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको संख्या १३८५५५ पुग्यो

तु खबर संवाददाता
२०७८ भाद्र २३,बुधबार १०:०१

मकवानपुर । मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा हालसम्म एक लाख ३८ हजार ५ सय ५५ जनाले बीमा गराएका छन् ।

गत आर्थिक वर्ष २०७७/०७८ सम्ममा जिल्लामा ७१ हजार १ सय ८४ महिला र ६७ हजार ३ सय ६७ पुरुषले स्वास्थ्य बिमा गरेका छन् ।

साथै स्वास्थ्य बीमा गर्नेमध्येमा गत आर्थिक वर्षमा ३२ हजार ९ सय ६६ अर्थात ८७ प्रतिशतले बीमा नवीकरण गरेका छन् ।

यसैगरी, गत आर्थिक वर्षमा ३३ हजार ९ सय ६६ जना नयाँ सदस्य थपिएको स्वास्थ्य बीमा बोर्ड मकवानपुरले जनाएको छ ।

मकवानपुरमा विसं २०७४ असार १५ गतेदेखि सुरु भएको बीमा कार्यक्रमले सोही वर्षको भदौ १ गतेदेखि सेवा सञ्चालन गरेको थियो । मकवानपुरमा सुरुआतका वर्षमा ५५ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका थिए ।