एमालेको नाराबाजीका बीच आर्थिक अध्यादेश पेश

तु खबर संवाददाता
२०७८ भाद्र २५,शुक्रबार १४:३२

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकाबीच संसद्मा आर्थिक अध्यादेश पेश गरेका छन् ।

एमालेको नाराबाजीको बीच सभामुख सापकोटाले प्रतिनिधिसभा संसदको बैठक अघि बढाएका थिए ।
पहिलो बैठकमा एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक स्थगित गरेका थिए भने दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाएका हुन् ।

उनले नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद् प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिएका थिए ।

उनले भने प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताए । लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिए ।

नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए । उनी दौडिएर रोष्टममा पुगे । र, प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गरे ।