जनप्रिय नेतालाई टिकट दिइनुपर्छ – भीमसेन महत
![](https://www.tukhabar.com/wp-content/uploads/2021/09/bhimsen-mahat-nepali-congre.jpg)
मकवानपुर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनले यतिबेला मुलुकको गर्मी बढेको छ । कोरोना महामारीका कारण भएको लकडाउन, निषेधाज्ञा केही खुकुलो बन्दै जाने र आर्थिक क्षेत्रमा थोरै चहलपहल बढ्ने क्रममा छ । नेकाको महाधिबेशन कार्य तालिका सार्बजनिक भएसँगै क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका लगायत विषयमा शीर्ष नेताबीच भएको सहमतिले मुलुकको गतिबिधिमा केही तीब्रता आएको हो ।
नेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गरियो । महाधिवेशनको वातावरण तयार हुँदै गर्दा गुटगत राजनीतिको प्रभाव वडातहसम्म परेको छ । निर्वाचनमा जीत–हार ध्रुब सत्य हो । तर, सुनियोजित हार–जीतले क्रियाशील सदस्यबीचमा उत्पन्न बैरभाव र बैमनष्यले नेकाको भबिश्यकतालै जाला ? त्यो हेर्न बाँकी छ ।
आगामी भदौ १० माहुने जिल्ला तहको अबिधेशनमा जिल्ला सचिव पदमा उमेदवारी दिने तयारीमा रहेका नेपाली काँग्रेसका लोकप्रिय युवा नेता भीमसेनसंग समसामयिक बिषयमा गरिएको कुराकानीको सम्पादित अंश ।
प्रश्नःमुलुकको बर्तमान राजनीतिक तरलतालाई कसरी हेर्नुभएको छ ?
उत्तरः बिगतका दिनमा बीपीको सिद्धान्त बमोजिम नेपाली काँग्रेस चलेको थियो । तर, अहिले बिगतमा जस्तो निष्ठाको रजनीतिहुनै छाडेको छ । बिगतमापनि गुटगत राजनीति नभएको होइन ।त्यतिबेलाकुनै नेतासँगकुनै कार्यकर्ता रिसाएको खण्डमा अर्का नेताले संरक्षण गरिरहेका हुन्थे र पार्टी संगठन बलियो बनाउनका लागि सबै एकमत देखिन्थे ।अहिले बीपीको आदर्शबाट नेपाली काँग्रेस पूर्णरुपमा बिचलित भएको छ ।
बैयक्तिक स्वार्थपूर्तिका लागि मात्र गुट–उपगुट भएको छ । ब्यक्तिगत लाभका लागि भएको गुटबन्दीले पार्टीलाई नोक्सान पु¥याउँछ । पार्टीका सक्षम र योग्य कार्यकर्तालाई आफ्नो गुटभित्र परेन भने कुनैपनि हत्कण्डा अपनाएर पाखा लगाउने र आफ्नो चाकडी गर्ने हनुमान प्रबृत्तिका असक्षमलाई अगाडि लिएर जाने काम भएको छ । यो सामन्तबादी चरित्र हो र यहीचरित्र नेकाभित्र हाबी भएको छ ।
भूईंतहमा बसेर लामो समयदेखि नेपाली काँग्रेसको अस्तित्व जोगाइरहेका ईमान्दार नेता–कार्यकर्तालाई अहिले पाखा लगाउने काम भएको छ । यो कदम अत्यन्तै घातक हुन सक्छ । नेताको चाकडी गर्ने कार्यकर्ताले मात्रअवसर पाएका छन् । बीपीको समाजबादमा परिकल्पना गरिएको भन्दा ठीक उल्टो गतिमा नेपाली काँग्रेस चलिरहेको छ । यो अवस्था देश रजनताका लागि अत्यन्तै घातकसिद्ध हुन सक्छ ।
प्रश्नःमहाधिबेशनपछि नेपाली काँग्रेसको भबिश्यकता जाला ?
उत्तरःनेपाली काँग्रेसको आन्तरिक पार्टी ब्यवस्थापनर ग्रुपिजमले नै पार्टी सिद्याउँदैछ । तर, ठूलो संख्यामा रहेका क्रियाशील युवा जमातले पार्टी एक बनाउन खोजिरहेको अवस्था पनि छ । यसकारण साह्रै निराश हुनपर्ने अवस्था पनि छैन ।
रातपछि दिन आउने पक्का छ ।नेपाली काँग्रेसको भबिश्य उज्ज्वल बनाउनका लागि तिनै युथको भूमिका अत्यन्तै महत्वपूर्ण हुनेछ ।
महाधिबेशनले चयन गरेको नेतृत्वलाई स्वीकार गर्दै आगामी रणनीतिहरु तय गर्न सक्नुपर्छ । एक माघले जाडो जाने होइन भन्ने नेपाली उखान त्यसै आएको होइन ।
यो निर्वाचनमा पराजित भएकोमा त्यत्ति धेरै निराशाबादी बन्न जरुरी छैन । आगामी दिनमा फेरि पनि निर्वाचन आउँछ नै । जनताको माझमा बस्न सकेको खण्डमा नेतृत्व गर्ने अवसर फेरि पनि आउँछ ।
प्रश्नःनेपाली काँग्रेसको अबको रणनीति कस्तो हुनुपर्छ ?
उत्तरःभुईं तहको संगठनमा अवद्ध सदस्यहरुले स्वीकार गर्न सक्ने खालको नेतृत्व चयन गर्न सक्नुपर्छ ।
माथिल्लो निकायबाट थोपर्ने खालको परिबेश हुनभएन । बर्तमान अवस्थाको गुटलाई स्वीकार गर्दै जनतामा झन लोकप्रिय र निष्ठावान नेतालाई टिकट दिईनुपर्छ ।
महाधिबेशनको माहोलले बिभिन्न तहका कार्यकबर्तामा असन्तुष्टि पैदा गरेको छ र त्यो असन्तुष्ट कार्यकर्ताको भावनालाई पनि समेटेर अगाडि बढ्न सकिएन भने यो भन्दा ठूलो संकट नेपाली काँग्रेसले ब्यहोर्नु पर्ने हुन्छ ।
गुटगत स्वार्थकै कारण योग्य र क्षमतावान कार्यकर्ता बिस्थापित हुन पुगेका छन् । महाधिबेशन पछिका दिनमा त्यस्ता बिस्थापित हुन लागेकालाई बिभिन्न स्थानमा मनोनित गरेर भएपनि पार्टी टिकाउनु जरुरी छ ।
प्रश्नःनेपाली काँग्रेसमा नवप्रबेशीलाई टिकाइराख्ने योजना के छ त ?
उत्तरः नवप्रबेशीलाई पार्टी संगठनमा टिकाउन सकिएन भने पार्टी कमजोर हुन्छ । त्यसैले पनि पार्टीको अवको रणनीति भनेको नवप्रबेशीलाई बैचारिक एबम् संगठनात्मक रुपमा बलियो बनाउनै पर्छ । यसका लागि सबैभन्दा पहिला प्रशिक्षण आवश्यक छ ।
प्रशिक्षण अभावका कारण पार्टीभित्र अहिलेको गुट उपगुटको अवस्था सृजना भएको हो । गुटगत राजनीतिले गाँजेको कारण अहिले पार्टीभित्र ठूलो अन्तर्घात भइरहेको छ । यो सबै समस्याको समाधान नै प्रशिक्षण हो । प्रशिक्षणले नै युवालाई क्रियाशील बनाउँछ र निष्ठाबान पनि बनाउँछ ।
प्रश्नःनेपाली काँग्रेसका युवालाई समाज सेवाको क्षेत्रमा क्रियाशील बनाउने योजना के छ त ?
उत्तरःयुवा शक्ति भनेको सबैभन्दा ठूलो शक्तिहो त्यसैले यो जनशक्तिलाई समाज सेवाको क्षेत्रमा क्रियाशील गराउनकालागि पनि प्रशिक्षण मार्फत् नै जानुपर्ने हुन्छ ।
युवामा झबीपीको समाजवादको शैली हस्तान्तरण गरी सामाजिक क्षेत्रमा सक्रिय बनाउने काममा त्रगर्न सकियो भने नेपाली काँग्रेसको भबिष्य उज्ज्वल छ ।
अहिले नेकाको शुभेच्छुक, भ्रातृ संगठनबीचमा ट्युनिङ छैन । शुभेच्छुक र भ्रातृ संगठनबीच पार्टीको ट्युनिङ मिलाउन सकेको खण्डमा नेपाली काँग्रेस पार्टी सुदृढ गर्न सकिन्छ ।
प्रश्नःनेपाली काँग्रेसको जिल्ला सचिवमा तपाईंको उमेद्वारी किन त ?
उत्तरः नवप्रबेशीलाई संगठित गर्दै, ब्यवस्थित गर्दै पार्टी संगठन चुस्त बनाउनका लागि मेरो उमेद्वारी हो । जिल्ला कमिटीको बैठकको निर्णय भुईंतहसम्म लैजानका लागि पहल गर्ने छु ।
लामो समयदेखि नेपाली काँग्रेसमा लागेर आफ्नो जीवनको अधिकांश हिस्सा पार्टीको काममा बिताएका सम्मानीत जेष्ठ नागरिकलाई सम्मान गर्न सकिरहेको छैन ।
यसैले पनि पार्टीलाई नोक्सान भएको छ । यदि जेष्ठ नागरिकको अनुभव र युथको जोश जाँगरलाई संयोजन गर्ने हो भने पार्टीको छबि धेरै माथि पुग्छ । त्यसैका लागि मेरो प्रयास रहने छ ।
स्थानीय तहमा रहेर काम गरिरहेका साथीहरुको भावनालाई समेटेर अगाडि जाने योजना छ । सचिवालय ब्यवस्थि तगर्ने, बिधिपूर्बक बैठक संचालन गर्ने माइन्युट गर्ने, निर्णयका सारभूत कुराहरु तल्लो तहसम्म लैजाने कार्य अहिले भएको छैन तर, मैले त्यो सबै गर्न सक्छु भन्ने बिश्वाश दिलाउन चाहन्छु । अन्तमा सबै साथीहरुलाई जय नेपालभन्न चाहन्छु । प्रहर खबर डटकमबाट