नेपाल गोरखा परिवार दक्षिण कोरियाको अध्यक्षमा भट्टराई चयन

दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । परिवारको सोमबार सम्पन्न अधिवेशनले अध्यक्षमा नवराज भट्टराई, वरिष्ठ उपाध्यक्षमा चिरन्जिवी पोखरेल, उपाध्यक्षमा सुमन थापा र रुपेश थापा, सचिवमा बुद्धिप्रसाद नेपाल, कोषाध्यक्ष भोजराज खनाल, सह–सचिवमा सितल भट्टराई र सह–कोषाध्यक्ष कमला घले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै परिवारको सदस्यहरुमा युगराज अमगाँई, प्रेमप्रसाद पोखरेल, मुकेश सेन्चुरी, सबिन गुरुङ, रमेश थापा मगर, राम खनाल र अनिल भट्टराई सर्वसम्मत चयन भएका हुन् । गोरखा परिवारका अध्यक्ष नवराज गुरुङको सभाध्यक्षता र कोरियास्थित नेपाली राजदूतावासका कार्यकारी राजदूत रामसिंह थापाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । प्रमुख अतिथि थापाले प्रवासमा रहेर सबै जिल्लावासीहरु एकजुट भई विभिन्न सेवामुलक कामहरु संचालन गर्दै आइरहेको भन्दै धन्यवाद व्यक्त गरे ।
अधिवेशन कार्यक्रममा संस्थाका उपाध्यक्ष नवराज भट्टराईको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष नवराज गुरुङले प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण कोषाध्यक्ष दीपक श्रेष्ठले प्रस्तुत गरेका थिए । “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता“ भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशनमा विशेष अतिथि र अतिथिहरुमा ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, प्रवासी मजदुर संघका अध्यक्ष उदय राई, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाकी अध्यक्ष आस्था विन्दु मल्ल, संस्थाका सल्लाहकारहरु खड्ग थापा मगर, पूर्वअध्यक्ष तथा सल्लाहकार यदु लामिछाने, सल्लाहकार खेमराज देवकोटालगायत कोरियास्थित क्षेत्रीय, राजनैतिक, जातीय, धार्मिक लगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले महाधिवेशन सफलताको शुभकामना सहित आ–आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।