मनहरी–२ का युवालाई खेलकुद सामग्री सहयोग
![](https://www.tukhabar.com/wp-content/uploads/2021/09/1-3-e1632454766326.jpg)
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा न २ का युवाहरुलाई नेपाली कांग्रेसका नेताहरुले खेलकुद सामग्री सहयोग गरेको छ । कांगेस मनहरी २ को पहलमा कांग्रेस नेता शंखर न्यौपाने र नूरज पौडेलको आर्थिक सहयोग युवाहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् ।
बिहिबार कांग्रेस मनहरी–२ को आयोजनमा बिहिबार भएको एक कार्यक्रमा स्थानीय युवाहरुलाई १० वटा फुटबल र १६ ओटा जर्सी सहायोग गरेको नेपाली कांग्रेस मनहरी–२ का सभापति प्रेमबहदुर गोङबाले जानकारी दिए । नेपाली कांग्रेस मनहरी–२ को सभापति गोङबाको सभाधयक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस उपसभापति करण डिम्डुङ, शान्ति थिङ, नेपाली कांग्रेस मनहरी–२ का सचिव सोवित वाईबा, नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि लोक जिम्बा, चन्द्रबहदुर मोक्तान, चट्टान स्याङतानलगायतको सहभागिता रहेको थियो ।