माओवादी मनहरी–२ को अध्यक्षमा पुनः स्याङ्बो

तु खबर संवाददाता
२०७८ आश्विन १३,बुधबार ०८:५४

मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका वडा नम्वर २ को अध्यक्ष राजकुमार स्याङ्बो चयन भएको छ । मंगलबार भएको पार्टीको वडा सम्मेलनबाट स्याङ्बोलाई पुनः अध्यक्षमा चयन गरेको नेकपा माओवादी मनहरी इन्चार्ज राकुमार पाख्रिनले जानकारी दिए । उनका अनुसार, सम्मेलनले स्याङ्बोको संयोजकत्वमा २९ सदस्यीय कमिटी गठन गरेको छ ।

यस्तै, सम्मेलनबाट माओवादी मनहरी–२ को उपाध्यक्षमा राजेन्द्र पाख्रिन, सचिवमा समिर डिम्डुङ, सह–सचिवमा सुनिता स्याङतान, कोषाध्यक्षमा विष्णुकुमारी जिम्बा चयन भएका छन् । यस्तै, उक्त सम्मेलनले अखिल नेपाल महिला संघ मनहरी–२ को अध्यक्षमा मनमाया डिम्डुङलाई चयन गरेको छ । डिम्डुङको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको इन्चार्ज पाख्रिनले जानकारी दिए ।

कार्यक्रम माओवादी केन्द्रको वडा कमिटीका अध्यक्ष राज कुमार स्याङ्बो अध्यक्षता तथा नेकपा माआवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ओमबहादुर गलान (प्रदिप), माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य वीरबहादुर घलान (ज्वाला), माआवादी मनहरी–२ का वडा अध्यक्ष अनन्द घलान, पार्टीको मनहरी–२ का इन्चार्ज चन्द्रबहादुर स्याङतान लगायतको सहभागिता रहेको थियो ।