पत्रकारको कलम सधै जनताको पक्षमा हुनुपर्छ : ओमबहादुर ग्लान

मकवानपुर । नेकपा माओबादी केन्द्र बागमती प्रदेशका सदस्य ओमबहादुर ग्लानले पत्रकारहरुको कलम संधै जनताको पक्षमा हुनुपर्ने बताएका छन । शनिबार पश्चिम मकवानपुरको मनहरीमा आयोजित प्रेस सेन्टर नेपालको मनहरी, राक्सिराङ तथा कैलाश गाँउपालिकाको संयुक्त भेला तथा दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
जनता माझमा सत्य, तथ्य र निष्पक्ष समाचार ल्याउनु पत्रकारको मुल काम भएकाले सँधै जिम्मेवारपुर्ण ढंगले आफ्नो कर्तब्य निभाउन आग्रह गरे । जनताको पक्षमा कलम चलाइरहँदा कहिले काँही समस्या आउने र त्यसको डटेर समाधान गर्नमा जोड दिए । त्यस्तै, नेकपा माओबादी केन्द्र बागमती प्रदेशका सदस्य बीरबहादुर घलान (ज्वाला) ले समाजमा हुने विभिन्न विकृतीलाई निष्पक्ष ढंगले अगाडी ल्याउनु पर्ने बताए ।
नेकपा मओबादी केन्द्र बागमती प्रदेश सदस्य ओमबहादुर ग्लानको प्रमुख आथित्यतामा भएको कार्यक्रमा माओबादी केन्द्र बागमती प्रदेशका सदस्य बिरबहादुर घलान (ज्वाला), जिल्ला पार्टी प्रचारप्रसार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस सेन्टर बागमती प्रदेश संयोजक सुनिल खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, प्रेस सेन्टर मकवानपुरकी संयोजक अन्जली थापा, माओवादी केन्द्र मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
त्यस्तै, पत्रकार महासंघ मकवानपुरकी सचिव शुभलक्ष्मी बिक, मनहरी गाउँपालिका कमिटीका इन्चार्ज राजकुमार पाख्रिन, गाउपालिका सचिवालय सदस्य दिपेन्द्र अधिकारी, दिलबहादुर स्याङबो, ७ नम्बर वडा कमिटिको अध्यक्ष गोबिन्द घलान, र राक्सिराङ्गका इन्द्रबहादुर थिङ्ग लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । भेला प्रेस सेन्टर मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) का संयोजक दिलबहादुर लामाको सभाध्यक्षतामा भएको हो ।