मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । मुख्यमन्त्रीआचार्यले शुक्रबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्तावमाथि आगामी आईतबार मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी थप प्रक्रिया आइतबार बस्ने बैठकमा हुने जानकारी गराएका हुन् । उनले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने बताएका हुन् ।