अष्टलक्ष्मीको शैलीमा भीम आचार्यको राजीनामा

तु खबर संवाददाता
२०७८ कार्तिक १५,सोमबार १५:०४
file-photo

काठमाडौं । प्रदेश नम्वर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । उनले आज अपराह्न बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा दिएका हु्न ।

यसअघि बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि विश्वासको मत लिने दिनमा नै संसदबाट राजीनामाको घोषणा गरेकी थिइन् । घोषणा गरेकै दिन शाक्यले प्रदेश प्रमुख समक्ष राजीनामा पेश गरेकी थिइन् । सोही शैलीमा प्रदेश १ का मुख्यमन्त्री आचार्यले पनि संसदमा राजीनामा दिने घोषणा गरेका हुन् ।

उनी गत भदौ १० गते दोस्रो मुख्यमन्त्री बनेका थिए । तत्काली मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि उनी मुुख्यमन्त्री बनेका थिए । एमाले विभाजनपश्चात आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बहिर्रगमन भएको छ ।

मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएसँगै प्रदेश १ मा नया सरकार गठनको लागि बाटो खुलेको छ । पाँच गठबन्धनले नेकपा एकृकीत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । प्रदेश १ मा हाल ९२ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । जसमा प्रतिपक्ष गठबन्धनका ५० जना सांसदहरु रहेका छन् ।