प्रेस सेन्टरको हेटौंडाको अध्यक्षमा सिन्तान

तु खबर संवाददाता
२०७८ मंसिर ४,शनिबार ०८:०३

मकवानपुर । प्रेस सेन्टर हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा दुदुमाया सिन्तान चयन भएकी छन् । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामनमा सम्पन्न सेन्टरको उपमहानगर भेलाले सिन्तानको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको हो । यस्तै, समितीको उपाध्यक्षमा राजेश थापा (गरिब), सचिवमा उज्ज्वल सापकोटा र कोषाध्यक्षमा सुजिता पुडासैनी चयन भएका छन् ।

यसैगरी, समितिको सदस्यहरुमा क्रमशः रोशन खड्का, अनुजा दानीलगायत रहेका छन् । नवनिर्वाचित कमिीलाई शुभकामना दिँदै कार्यक्रमका अतिथिहरुले सत्यतथ्य खोजेर लेख्न सुझाव दिएका थिए । निष्पक्ष रुपमा कलम चलाउन आग्रह गर्दै वक्ताहरुले परिवर्तनको पक्षमा रहेका पत्रकारहरुले देश र जनताको हितमा आफ्ना विचार र समाचारहरुले प्रस्तुत गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघका बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विष्णु बिष्ट ‘आदर्श’, माओबादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, पार्टीका थाहा नगर अध्यक्ष अरुण रायमाझी, ३ नम्बर वडाध्यक्ष राजेश केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।