अपडेट : क्षेत्र २ (क) को सभापतिमा खड्कबहादुर गोपाली

तु खबर संवाददाता
२०७८ मंसिर ४,शनिबार ०८:४७

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ (क) को सभापति पदमा खड्कबहादुर गोपाली निर्वाचित भएका छन् । उनले ३७० मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी सुजन गोपालीले १३२ मत प्राप्त गरेका थिए । शुक्रबार थाहानगरपालिकाको जेसीज हलमा भएको अधिवेशनबाट गोपालीसहित उनको प्यानल नै निर्वाचित भएका छन् ।

यस्तै, उपसभापतिमा रन्जन कठायत र ईश्वरी शाहीठकुरी निर्वाचित भएका छन् । कठायतले ३११ र ठकुरीको २७७ मत प्राप्त गरेका गरेकी हुन् । यसैगरी, सचिवमा नरहरी गोपाली र राजेशबाबु सापकोटा निर्वाचित भएका छन् । गोपालीले ३७४ र सापकोटाले ३२६ मत प्राप्त गरेका हुन् ।सहसचिवमा रामशरण गोपाली र समिता रसाइली निर्वाचित भएका छन् । गोपालीले २०४ र रसाइलीले २७७ मत प्राप्त गरेका हुन् । प्रदेश अधिवेशनको महिलातर्फ कुसुम सुवेदी बानियाँ, बुनुकुमारी आचार्य, राधिका सुनार निर्विरोध चयन भएका छन् ।

यस्तै, खुला प्रत्यक्षतर्फ विकेशलाल श्रेष्ठ (३७३), मिलन पुडासैनी (३१८), अच्युत अधिकारी (३१३), प्रविण हुमागाई (२७९), दिनेश शिवाकोटी (२६४), रुपक बानियाँ (२६२), र रामकृष्ण लामिछाने (२२७) निर्वाचित भएका छन् । त्यस्तै, खसआर्य तर्फ सन्तोष चौलागाई निर्वाचित भएका छन् । चौलगाईले २९१ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी १३१ मत प्राप्त गरेका थिए ।

महिलातर्फ जानकी गिरी निर्विरोध भएकी छिन् । आदिवासी जनजाति पुरुषतर्फ विकास बलामी र नेत्रमान प्रधान निर्वाचित भएका छन् । बलामीले ३३० र प्रधानले ३१७ मत प्राप्त गरेका थिए । यस्तै, जनजातितर्फको महिलातर्फ भवानी प्रधान र सञ्जिता घलान निर्विरोध भएकन छन् । दलित तर्फभने पुरुषोत्तम विश्वकर्मा र अपाङ्गता तर्फ राजाराम नेपाल निर्विरोध चयन भएका छन् । सो क्षेत्रमा ५४७ मतदाता रहेकोमा ५२७ मत खसेको निर्वाचन अधिकृत राजुबाबु पहाडील जानकारी दिए ।