एमाले केन्द्रिय सदस्यमा प्रवासको प्रतिनिधित्व गर्दै सृजना नेपालीको उम्मेदवारी

तु खबर संवाददाता
२०७८ मंसिर १०,शुक्रबार १७:११

मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको संघारमा आगामी कार्यकालको लागि केन्द्रीय कमिटिको विभिन्न पदहरुमा धमाधम उमेदवारी घोषणा भइरहेका छन् । नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटिले प्रवासी नेपाली मञ्च दक्षिण कोरियाकी अध्यक्ष तथा अन्तरराष्ट्रिय कमिटिका उद्यमी तथा व्यवसायी विभाग प्रमुख सृजना नेपालीलाई अघि सारेको छ ।

नेपालमा स्याङ्जा जिल्ला स्थायी घर भएकी र दक्षिण कोरियालाई कर्मथलो बनाएकी नेपाली प्रवासमा पार्टी संगठन सवलीकरण, सुदृढीकरण लागि अहोरात्र खट्दै आहिरहेकी छिन् । नेपालमा रहँदा पनि सक्रिय राजनीतिमा होमिएकी उनले २०६५ सालमा अनेरास्ववियूको सचिवालय सदस्यको भुमिका रहेर समेत काम गरिसकेकी छिन् । नेकपा एमालेको १० औं महाधिवेशनले केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित गर्ने विद्यानमा व्यवस्था भएसँगै केन्द्रीय कमिटीमा ७५ जना महिला नेतृहरुको सहभागिता हुने जनाइएको छ ।

एमालेको अहिलेको केन्द्रीय कमिटी १ सय ९८ सदस्यीय रहेको छ । केन्द्रीय कमिटीमा २८ जना महिलाको सहभागिता छ । एमालेको १० औं महाधिवेशनमा पुराना महिला केन्द्रीय सदस्य कायमै रहँदा पनि ४७ नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने देखिएको छ ।