खाद्य अधिकार तथा सम्प्रभुता ऐन कार्यान्वयन सम्बन्धी हेटौंडामा अभिमुखीकरण

तु खबर संवाददाता
२०७८ मंसिर १५,बुधबार १७:३९

मकवानपुर । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयन र नियमावली तर्जुमा सम्बन्धी अभिमुखीकरण तथा परामर्श गोष्ठी आज (बुधबार) हेटौंडामा भएको छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय र बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा अभिमुखीकरण कार्यक्रम भएको हो ।

कार्यक्रम बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाडेको अध्यक्षता तथा प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा कार्यक्रमका प्रमुख अतिथी दाहालले अब यो ऐन कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिए । उनले एने बनाउँदा नै धेरै छलफल हुने भएकोले पटि छलफलको सट्टा कार्यान्वयमा जोड दिनुपर्ने बताए ।

यस्तै, कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले संसदले बनाएको ऐन प्रदेशस्तरबाट कार्यान्वयन गर्ने बताए । उनले आगामी दिनहरुमा यो ऐन कार्यान्यनमा लाग्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रविन्द्र बहादुर प्रधान, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटा, प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर रामप्रसाश प्रधान लगायतकाको आतिथ्यता रहेको थियो ।