हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता मंसिर २७ गतेदेखि हुने
![](https://www.tukhabar.com/wp-content/uploads/2021/12/htd-vetrans.jpg)
मकवानपुर । हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिताको सातौ संस्करण यही मैसिर २७ गतेदेखि हुने भएको छ । क्लबले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ क्याम्पाचौरमा हुने उक्त प्रतियोगिता पौष ३ गतेसम्म संचालन हुने जनाइएको छ ।
प्रतियोगीतामा २० कल्बको सहभागीता रहने प्रतियोगिताका संयोजक मणिराज गौतमले जानकारी दिए । हेटौंडा भेट्रान्स क्लबले हरेक बर्ष आयोजना गर्दै आएको यो प्रतियोगीतामा ४० बर्ष माथि उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरुको सहभागीता रहनेछ । खेलले शारिरीक अभ्याससंगै स्वस्थ रहन मद्दत पुग्ने उद्देश्यले स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ प्रतियोगीता आयोजना गर्न लागिएको क्लबका उपाध्यक्ष नवराज बज्रचार्यले जानकारी दिए । प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमशः नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।