हेटौंडा उपमहानगरपालिकाद्वारा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा
![](https://www.tukhabar.com/wp-content/uploads/2021/12/balbalika-e1638613261685.jpg)
मकवानपुर । हेटौंडा उपमहानगरपालिले अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा उपमहानगरपालिका क्षेत्रभित्र रहेका अपाङ्गता भएका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको मेयर हरिबहादुर महतले जानकारी दिए ।
बोल्न सक्ने, हिड्न सक्ने र पहुँच भएकाहरुलाई भन्दा पनि उनीहरुका निम्ति स्थानीय सरकार सहयोगि बन्ने मेयर महतले बताए । ‘समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर मनाइँएको छ । नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ मनाइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो ।