बार एशोसिएसनद्वारा सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन


काठमाडौं । नेपाल बार एशोसिएसनले आज (बुधबार) पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए ।
उनले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायाधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए । यस्ते, वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारी साधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताए । उनले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताए । वरिष्ठ अधिवक्ता उप्रेतीले पदीय आचरणअनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दवाब दिए ।