मकवानपुरको विभिन्न स्थानमा आजदेखि ५ दिन विद्युत कटौती हुने

तु खबर संवाददाता
२०७८ पुष ५,सोमबार ०९:०९
file photo

मकवानपुर । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आज (सोमबार) देखि आगामी पाँच दिन युनिलिभर फिडर अन्तर्गत मकवानपुरको विभिन्न स्थानीय तहको वडाहरुमा ४ घण्टा विद्युत आपुर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै मनहरी गाउँपालिकाको केही वडाहरु, राक्सिराङ गाउँपालिका वडा नम्वर ५ स्थित चैनपुर र रुपाचुरी, कैलाश गाउँपालिका वडा नम्वर ४ स्थित पञ्जनी, देवीटार र काँकडामा प्रशारण भइरहेको विजुलीको आपूर्ति बिहान १० बजेदेखि १२ बजेसम्मका लागि बन्द हुने भएको हो । मकवानपुरका विभिन्न स्थानको ढल्न लागेका पोलहरु मर्मत सुधारको कार्य गर्नुपर्ने भएकोले ४ घण्टा विद्युत कटौती गर्नुपरेको जनाइएको छ ।