निमावि शिक्षकका लागि विज्ञापन खुल्यो

तु खबर संवाददाता
२०७८ पुष ७,बुधबार ०९:३१

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आयोगले २ हजार ५९८ शिक्षकका लागि विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म नियमित शुल्कमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर शुल्क तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको शुल्क र माघ ६ गतेसम्म दोब्बर शुल्क तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ । यस्तै, प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने आयोगको भनाइ छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab