हेटौंडामा तनाबमुक्त जीवन एवम् आन्तरिक खुसी प्रशिक्षण

तु खबर संवाददाता
२०७८ पुष ८,बिहीबार ०८:४५

मकवानपुर । ब्रमकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको आयोजनामा तनाबमुक्त जिवन एवम् आन्तरिक खुसी प्रशिक्षण कार्यक्रम भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकामा मेयर हरिबहादुर महतले गरेका हुन् । उनले सो क्रममा सबैलाई तनाबमुक्त जीवन जिउनका लागि आग्रह गर्नुभयो ।

जनप्रतिनिधिहरुले धेरै तनाबमा काम गर्नुपर्ने भएकाले यस्ता कार्यक्रम झनै प्रभाबकारी हुने मेयर महतको भनाई छ । तनाबका कारण आफैलाई समस्या हुने भएकाले यसमा बेलैमा सोच्नका लागि उनले आग्रह गरे । कार्यक्रममा ब्रमकुमारी राजयोग सेवा केन्द्र मकवानपुरका प्रमुख शुशीला दिदी, ब्रमकुमार विजयराज सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो ।