पत्रकार जी न्यौपाने राष्ट्रपति भण्डारीबाट सम्मानित

हेटौडा । मकवानपुरमा रहेर दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील जी न्यौपाने आज विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् ।
राष्ट्रिय ख्रिष्टियन महासंघले आयोजना गरेको कार्यक्रममा पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको लागि राष्ट्रपति भण्डारीबाट सम्मानित गरिएको हो । महासंघले आयोजना गरेको कार्यक्रममा अन्य क्षेत्रबाट थप नौ जना सम्मानित भएका छन् । महासंघले ख्रिष्टमसको अवसरमा विशेष कार्यक्रम गरेर सम्मानित गरेको हो ।
न्यौपानेले कुनेढुंगो नामक साप्ताहिक पत्रिका प्रकाशन गरिरहेका छन् । साथै लोकखवर डटकम अनलाइन पत्रिकामा समेत आबद्ध छन् । २०५८ सालमा मधुपत्र साप्ताहिकबाट पत्रकारिता सुरु उनले मकवानपुरका दर्जनबढि सञ्चार माध्यममा काम गरिसकेका छन् ।