मकवानपुरका पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च

तु खबर संवाददाता
२०७८ पुष ११,आईतवार ०९:३६

मकवानपुर । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरुलाई औषधी खर्च र महिला पत्रकारहरुलाई सुत्केरी भत्ता प्रदान गरिने भएको छ । संगठनको शनिबार बसेको बैठकले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले जानकारी दिइन् ।

उनले एउटा कालखण्ड नै समाजको निम्ती व्यतित गरिसकेको भएपनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकोले प्रेस संगठन मकवानपुरले अग्रज पत्रकारहरुको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताइन् । यसैगरी, सुत्केरी अवस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै संगठनले सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाको भनाई छ ।

प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर वाग्मती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासंघ केन्द्रिय सदस्य शुनिल खड्का, पत्रकार महासंघ वाग्मती महासचिब कृष्णसारु मगर लगायतको उपस्थिती रहेको थियो ।