लेखापढी कानून व्यवसायी एसोसिएसन मकवानपुरको अध्यक्षमा बजगाँई

तु खबर संवाददाता
२०७८ पुष ११,आईतवार ०९:४३

मकवानपुर । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति मकवानपुरको अध्यक्षमा पदमबहादुर बजगाँई चयन भएका छन् । एसोसिएसनको २५ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले बजगाँईलाई अध्यक्षमा चयन गरेको निर्वाचन समितिका संयोजक प्रकाश थोकरले जानकारी दिए ।

बिहिबार, शुक्रबार र शनिबार तीन दिन भएको साधारण सभा र अधिवेशनले बजगाँईको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । एसोसिएसनको उपाध्यक्षमा तेजराज पाण्डे, सचिवमा बालकृष्ण तिमल्सिना, कोषाध्यक्षमा रमेश ढकाल, सह–सचिवमा मनिष पौडेल र सह–कोषाध्यक्षमा विमला गौतमलाई चयन गरको छ । यस्तै सदस्यहरुमा क्रमशः राजेन्द्र ढकाल, दिपेश ओली, नवराज रिजाल, विमल खत्री, दुर्गा कुमारी ठकुरी, भीम कुमारी रेग्मी र पवन अर्याल चयन भएका छन् ।