हेटौंडा बजारको खाल्डाखुल्डी पुरिँदै
![](https://www.tukhabar.com/wp-content/uploads/2021/12/sadak-marmat.jpg)
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रका सडकमा परेका खाल्डाखुल्डी पुर्ने कामलाई तीब्रता दिइएको छ । पीच सडकमा खाल्डाखुल्डीका कारण वर्षौँदेखि समस्या परेका कारण पुरिएको मेयर हरिबहादुर महतले जानकारी दिए । सडकमा भएका खाल्डाखुल्डीका कारण दुर्घटनाको समस्या हुने र छारो, धुलो उढ्ने जस्ता समस्या भएपछी यसलाई पुरिएको हो ।
हालसम्म हेटौंडाको नगरपालिकारोड, पारिजातपथ र स्कुलरोडमा परेका खाल्डाहरु पुरिसकिएका छन् । अब भने कान्तिराजपथ सडकमा परेका खाल्डाहरु पुरिने मेयर महतको भनाई छ । उपमहानगरपालिकाको मुख्यबजार क्षेत्रमा सडकलाई पक्की बनाउने कामलाई तिब्रता दिएसँगै केही सडकमा खाल्डा देखिएकाले यसलाई यो वर्ष पुर्ने र अरु वर्ष क्रमश निर्माण नै गर्ने योजना बनाइएको उनले बताए । हेटौंडाका साविकका ११ वटा वडा र पछी थपिएका वडामा सडक निर्माणलाई तीब्रता दिइएको हो ।