हेटौंडा उपमहानगरद्वारा सन्दुक रुइतदेखि सफाइ मजदुरसम्म सम्मानित

तु खबर संवाददाता
२०७८ पुष १५,बिहीबार १७:११

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बिहिबार आँखा उपचारको क्षेत्रमा प्रविधिको विकास गर्न सफल डाक्टर सन्दुक रुइतदेखि बजार क्षेत्रका सरसफाई कर्मचारीसम्मलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले दशौं नगरसभा बैठकको अवसरमा दृष्टिविहीनहरुलाई दृष्टि प्रदान गर्ने, शल्यक्रियाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफलतासंगै आँखा उपचारको क्षेत्रमा प्रविधिको विकास गर्न सफल डा. रुइतलाई सम्मान गरिएको छ ।

बिहिबार भएको नगरसभामा नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठमार्फत डाक्टर रुइतलाई सम्मानपत्र पठाइएको छ । यस्तै, कार्यक्रममा ललितकलाका माध्यमबाट आफ्नो विशिष्ट पहिचान बनाउन सफल हेटौंडा–१८ का मूर्तिकार लक्ष्मण भुजेललाई सम्मान गरिएको छ ।

यसैगरी, अन्तराष्ट्रिय खेलजगतमा पहिचान बनाउन सफल हेटौंडाका खेलाडीहरु हेटौंडा–१० का अन्जन विष्ठ, हेटौंडा–१४ का सुनिल बल, हेटौंडा–१८ का आयुष घलानलाई सम्मान गरिएको छ । यस्त,ै राष्ट्रिय वक्सिङ खेलाडी पिप्ले युवा क्लबका अध्यक्ष सुशिल घिमिरेलाई सम्मान गरिएको छ ।

यसैगरी, हेटौंडा–७ मा आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्र सञ्चालन गरी बौद्धिक अपाङ्गता संरक्षण र विकासका क्षेत्रमा काम गर्ने आइना वाका न्यौपानेलाई सम्मान गरिएको हो । खेलाडीहरुलाई नगद ३५ हजार रुपैयाँका दरले सम्मान गरिएको हो । उनीहरुलाई मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा र प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईंले दोसल्लाह, प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

दुइ वडा थप अनुदानसहित पुरस्कृत
नगरसभा बैठकले गत आर्थिक वर्ष २०७७–७८ को वित्तिय प्रगतीको आधारमा हेटौंडा–१९ र हेटौंडा–९ लाई क्रमशः २० र १५ लाख रुपैयाँसहित सम्मान गरिएको छ । हेटौंडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी र हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीलाई दोसल्लाह, प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको हो ।

छ जना कर्मचारीलाई ७५ हजारका दरले पुरस्कृत

नगरसभा बैठकले उपमहानगरपालिकामा कार्यरत कर्मचारी मध्यमा उत्कृष्ट कर्मचारी सम्मानबाट ६ जनालाई पुरस्कृत गरिएको छ । उपमहानगरपालिकाका अधिकृत आठौं तहका मनोज कुमार सुवेदी, सातौ तहका रामकृष्ण थापा, सुबोध थापा, अधिकृत छैठौं तहका महेन्द्र चापागाई, बरिष्ठ सहायक पाँचौ तहका केसबप्रसाद देवकोटा र हेल्थ असिस्टेन्ट मिना कुमारीलाई जनही नगद ७५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायीक समितिका मेलमिलापकर्ता संयोजक रामचन्द्र अर्याल, मेलमिलापकर्ता हटिया संयोजक सरस्वती पौडेललाई सम्मान गरिएको छ । उनीहरुलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिएको हो ।

कार्यक्रममा दिर्घ सेवा पदक कर्मचारी सम्मानबाट अधिकृत नबौं तहका भिमप्रसाद तिमल्सीना, आठौं तहका रोषन रिजाल, जगनाथ सापकोटा, भैरव कुमाल, छैठौं तहका अमोद प्रसाद मैनाली, सहकायक स्तरका जयराम पुलामी मगर, बिनोद सुवेदी, हिम प्रसाद पौडेल, राजेन्द्रनाथ पोख्रेल, सावित्री श्रेष्ठ, शिबध्वज गोदार, शोभाकान्त लंसाल, फडिन्द्र शर्मा, दुर्गा कार्कीलाई सम्मान गरिएको छ ।

यस्तै, नगरप्रहरी तर्फ प्रहरी नायब निरिक्षक नेत्र प्रसाद ढकाल, प्रहरी हवल्दार अर्जुन सापकोटा, प्रहरी जवान निर्मला उदास श्रेष्ट, हवल्दार बारुणयन्त्र इकाइ भक्तबहादुर महगर, सिपाइ सोमलाल पुजारी, भोजराज तिवारी, भारी सवारी चालक सज्जु लोप्चन, सफाइ कर्मचारी रामकृष्ण पोडे, दुर्गा पोडे, चुनमायाँ पोडे, अन्जना पोडे, बुढामायाँ पोडे, मिना पोडे, सफाइ कर्मचारीहरु सानुमैदा देउला, गंगामायाँ पोडे, कान्छी पोडे, बालकुमारी पोडे, लक्ष्मी पोडे, आसुमायाँ पोडे, निर्मला पोडे, सारदा मायाँ पोडे, शिनियर अहेब शेरबहादुर ब्लोन, भोलानाथ चौलागाई, धनेश्वर साहलाई सम्मान गरिएको छ ।