हेटौंडामा वातावरण मैत्री कपडाको झोला बनाउने तालिम समापन

तु खबर संवाददाता
२०७८ पुष २०,मंगलवार ०९:४८

मकवानपुर । हेटौंडामा १५ दिने वातावरण मैत्री कपडाको झोला बनाउने तालिमको समापन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको आयोजनामा भएको उक्त तालिम समापन भएको हो । सोमबार हेटौंडा उपमहानगरपालिका–६ वडा कार्यालय परिषरमा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

सो क्रममा प्रमुख अतिथि महतले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्नका लागि आग्रह गरे । प्लाष्टिकका झोलाका कारण हेटौंडामा प्रदुषण बढ्दै गएको समयमा वातावरण मैत्री कपडाको झोला बनाउने तालिम प्रभावकारी हुने मेयर महतको भनाई छ । कपडाको झोला बनाउने व्यावसाय सञ्चालन गर्नका लागि स्थानीय सरकारले पनि प्रोत्साहन गर्ने उनले बताए । तालिममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।