माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

तु खबर संवाददाता
२०७८ पुष २६,सोमबार १२:४३

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर बढेपछि आगामी माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने शिक्षा मनत्रालयले निर्णय गरेको छ । सोमबार बसेको शिक्षा मन्त्रालयको बैठकले सीसीएमसीको सिफारिस अनुसार विद्यालयहरु बन्द गर्ने तयारी निर्णय गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार आगामी माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले सीसीएमसीको सिफारिस अनुसार विद्यालय बन्द गर्ने बारे सूचना जारी गर्ने बताए । विद्यालय बन्दको मोडालिटी बारे केही बेरमा जानकारी गराउने मन्त्रालयको तयारी रहेको छ । कोरोना संक्रमणको दर बढेपछि हिजो आइतबार बसेको सीसीएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्न सिफारिस गरेको थियो ।