ग्रामीण सेवा केन्द्र मकवानपुरको सामाजिक परीक्षण
![](https://www.tukhabar.com/wp-content/uploads/2022/01/samajik-parichhan-e1641985127424.jpg)
मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले आर्थिक वर्ष २०७७/०७८ को सामाजिक परीक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको हो ।
सामाजिक परीक्षणमा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले संस्थागत प्रतिवेदन, कार्यक्रम संयोजक दिपक न्यौपानेले कार्यक्रमगत प्रतिवेदन र प्रशासनिक तथा वित्त अधिकृत शर्मिला मगरले आर्थिक वर्ष २०७७/०७८ को आय–व्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा मेयर महतले ग्रामीण महिला सेवा केन्द्रले ग्रामीण भेगका दिदीबहिनीहरुलाई सहयोग गर्ने कार्यको प्रशंसा गरका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा, हेटौंडा १५ की वडा सदस्य कुमारी श्रेष्ठ, हेटौंडा–१९ की वडा सदस्य इन्दिरा तामाङ, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ की वडा सदस्य सरिता सापकोटाको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा केन्द्रका निवर्तमान अध्यक्ष तथा पूर्व अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।