हेटौंडा उपमहानगरपालिकाद्वारा विद्यार्थीलाई कपडा वितरण
![](https://www.tukhabar.com/wp-content/uploads/2022/01/htd-15-1-e1642066996610.jpg)
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित वनदेवि माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गरिएको छ । उपमहानगरपालिकाका प्रमख हरिबहादुर महतले उक्त विद्यालयमा अध्ययनरत २ सय ५० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गरेका हुन् ।
पढ्न नपाएका गरिब परिवारका बालबालिकालाई पढ्नका लागि सहयोग गर्दै आएको उपमहानगरपालिकाकाले अहिलेको जाडो समयमा पनि गरिबीकै कारण पातलो कपडा लगाएर विद्यालयमा आउनुपर्ने बाध्यता भोग्दै आएका ती दलित, जनजाती र विपन्न परिवारका बालबालिकाहरुलाई कपडा वितरण गरिएको नगर प्रमुख हरिबहादुर महतले बताए । उनले गरिब विद्यार्थीलाई कापी कलम, विद्यालय पोसाक, झोलालगायतका सामाग्री वितरण गर्दै आएको जानकारी दिए ।