‘कोभिड महामारी चाँडै अन्त्य हुन्छ’

तु खबर संवाददाता
२०७८ माघ १०,सोमबार १०:१७
filr-photo

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड महामारीलाई चाँडै अन्त्य हुने जनाएको छ । संगठनका निर्देशकले नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने जनाएको हो । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने ।

मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ । सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनको भनाई छ । अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् ।