सवारी दुर्घटना हुँदा २४ जना घाइते
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा आज बिहान ४ बजेको समयमा सवारी दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा २४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।