विदेशी मुद्राको विनिमयदर आज कति ?
मकवानपुर । विहिबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र विक्रिदर १२० रुपैयाँ ०५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै युरोपियन युरो आज एकको खरिददर १ सय ३५ रुपैयाँ र बिक्रीदर १ सय ३५ रुपैयाँ ६८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १ सय ६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ६२ रुपैयाँ ६० पैसा कायम भएको छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्रीदर १० रुपैयाँ ५० पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।