बारले आजदेखि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने

२०७८ फाल्गुन १,आईतवार १०:४६

काठमाडौँ । नेपाल बार एशोसिएशनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजबाट आन्दोलन सुरु गर्ने भएको छ । कोरोनाका कारण रोकिएको आन्दोलन आइतबारदेखि भौतिक रुपमै सुरु गर्न लागिएको बारले जनाएको छ ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले न्यायपालिकाको शुद्धिकरण र सुदृढीकरणका लागि भौतिक रुपमा नै आन्दोलन गर्ने बताएका छन् । बारले १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ ।