सिंहदरबारमा सर्वदलीय बैठक सुरु
काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो ।
सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ । सभामुखले बोलाएका बैठक एमालेले यसअघि पनि बहिष्कार गर्दै आएको थियो ।