हेटौंडा–१६ मा माटो परीक्षण ल्याबको उद्घाटन

तु खबर संवाददाता
२०७८ फाल्गुन २,सोमबार १७:३५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा माटो परीक्षण ल्याबको उद्घाटन गरिएको छ । उक्त ल्याबको उद्घाटन सोमबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका हुन् ।

सो क्रममा मेयर महतले ल्याबको सहयोगले अब कुन जमिनमा कस्ताखाले खेती गर्न उपयुक्त हुन्छ भनि थाहा पाउन सकिने बताए । ल्याबमा किसानहरुले आफ्नो खेतबारीको माटो निःशुल्क रुपमा परीक्षण गर्न सकिने उनको भनाई छ । उपमहानगरपालिकाले ल्याबलाई पहिलो चरणमा ५ लाख रुपैँया बराबरको सामग्री उपलब्ध गराएको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको हो ।