हेटौंडामा प्रथम सहिद लखन थापाको शालिक शिलान्यास
![](https://www.tukhabar.com/wp-content/uploads/2022/02/lakhan-thapa-salik-silanyaas.jpg)
मकवानपुर । हेटौंडामा नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिक निर्माण प्रारम्भ गरिएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुृर महतले शालिकको शिलान्यास गरेका हुन् । हेटौंडा –१२ मा रहेको लखन बाटिका स्मृति परिसरमा शालिकको शिलान्यास गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले शहिद थापाले गरेको योगदानको चर्चा गर्दै उहाँलाई सबैले सम्झनु पर्ने बताए । स्थानीय सरकारले सधैभरी शहिद थापालाई सम्झनका लागि पनि शालिक निर्माण गर्न लागिएको उनको भनाई छ । थापाको १ सय ५५ औं स्मृति दिवसको अवसर पारेर शालिकको शिलान्यास गरिएको हो ।