एमसीसीको विषयमा छलफल गर्नुअघि मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि प्रधानमन्त्री देउवाले दिउँसो २ बजेको लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमसीसीको विषयमा छलफल गर्न आजै साँझ ५ बजे सत्ता गठबन्धनको बैठक पनि बस्दैछ । एमसीसी संसद्बाट पास गर्ने सन्दर्भमा कांग्रेस सकारात्मक देखिएको छ भने सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने संसोधन विना पास गर्न नहुने भन्दै सडकमा गएको छ ।