गायक पाण्डेको ‘एक सर्को, दुनियाँ अर्को’ आउँदै

तु खबर संवाददाता
२०७८ फाल्गुन १०,मंगलवार १७:४३

सिमरा । गायक तथा संगितकार विकास पाण्डेले नयाँ गित बजारमा ल्याउँदैछन् । नजिकिँदै गरेको महाशिवरात्री पर्वलाई लक्षित गर्दै गायक तथा संगितकार पाण्डेले नयाँ गीत बजारमा ल्याउन लागेका हुन् । एक सर्को, दुनियाँ अर्को बोलको गीत बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

उनकै शब्द, संगित तथा स्वरमा निर्माण गरिएको सो गीतको म्युजिक भिडियोको फस्ट लुकसमेत सार्वजनिक भइसकेको छ । फस्ट लुकमा पाण्डे स्वयं देखिएका छन् । गत वर्ष सार्वजनिक गरिएको यो पनि शिवको बोलको म्युजिक भिडियोको सफलतापछि गायक पाण्डेले एक सर्को, दुनियाँ अर्को बोलको गित बजारमा ल्याउन लागेको हुन् । केहिदिन भित्रै सार्वजनिक गर्ने गरी म्युजिक भिडियाको काम अन्तिम चरणमा पुगेको उनले बताए । सावन शर्मा र विकास गुरुङ सम्मिलत विएस मेकरको निर्माणमा तयार हुन लागेको म्युजिक भिडियोको काम धमाधम भइरहेको जनाइएको छ ।