देउवासँगको भेट लगत्तै ओलीद्वारा प्रचण्डसँग छलफल

तु खबर संवाददाता
२०७८ फाल्गुन १२,बिहीबार १८:०१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै एमाले ओलीले प्रचण्डसँग भेट गरेका हुन् ।

सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेट भएको थियो । त्यसपछि दुबै दलका अरु नेताहरुसहित छलफल भएको हो । भेटमा एमालेबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी छन् । आजै चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भिडियो वार्ता गरेका थिए ।