कांग्रेस मकवानपुरः अन्तिम मत परिणाम सार्वजनिक

तु खबर संवाददाता
२०७८ फाल्गुन २०,शुक्रबार १०:३९

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको १५ गतेबाट सुरु भएको जिल्ला अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएको हो । यसअघि सभापति र पदाधिकारीको मत परिणाम सार्वजनिक भएपनि जिल्ला सदस्यहरुको भने बाँकी रहेको थियो ।

आदिवासी जनजाति खुलातर्फ जिल्ला सदस्यमा ईश्वरकुमार रुम्बा ७९४ , कालु घलान ९२७ , गोपीराम बल ६६७ , विरोध मोक्तान ६३७ , राजकुमार गोले ८२३ र राजकुमार वाइबा ७५६ मत सहित विजयी भए । आदिवासी जनजाति खुलातर्फका उम्मेदवारहरु ईश्वरलाल श्रेष्ठ ५५७ , दीपककुमार नगरकोटी ४७३, फुलमान श्रेष्ठ ४९१, मणिकलाल मोक्तान ६२१, योगेन्द्रमान श्रेष्ठ ५३३ र राजकुमार बलामी ५४५ पराजित भए ।

खसआर्य महिलातर्फ प्रमिला खतिवडा ७५३, संजिता सिग्देल ‘ममता’ ७४१ विजयी हुँदा देवकुमारी बस्नेत ६६९ र राजुमैयाँ कार्की ४९२ पराजित भए । खसआर्य खुलातर्फ इन्द्रकुमार बर्तौला ४९८ र होमनाथ गौतम ५१४ विजयी हुँदा आलोकराज पौडेल २३६, विष्णुप्रसाद ढुंगाना ३४९, यादवराज उप्रेती २९२, शिवप्रसाद खनाल ४४६, शिवबहादुर थापा ४४७ पराजित भए । आदिवासी जनजाति महिलातर्फ कृति ग्यालन ८९१, गीता राई ७०६, निर्मला गोले ७५८, सर्मिला श्रेष्ठ ७८५ र सञ्जु थापा मगर ७१४ विजयी भएका थिए भने भवानी प्रधान ४८८, मन्जुमाया भुलुन ६२०, शान्तिमाया थिङ ६६८ मत ल्याएर पराजित भए ।

हेटौंडा उपमहानगरपालिकाको खुलातर्फ ईश्वर पण्डित ५५२, धीरेन्द्र लामा ४८९, शैलेन्द्रराज बानियाँ ६३९ विजयी भए । उपमहानगरतर्फका उम्मेदवारहरु कपिल अर्याल २९९, गणेशहरि उप्रेती २८३, गोपालप्रसाद दुलाल ३२६, चुडाप्रसाद उप्रेती ४१२, पूर्णप्रसाद पुडासैनी २१०, बिष्णुबहादुर दाहाल २६०, रामप्रसाद अधिकारी १९७ र सुनिल अधिकारी ३८० पराजित भए । हेटौंडा उपमहानगरपालिका महिलातर्फ जिल्ला सदस्यमा ताराकुमारी राई कार्की १०३१, सोममाया मोक्तान ७१३ विजयी हुँदा रीताकुमार घिमिरे ५६३ र सुशीला न्यौपाने ४२६ मत ल्याएर पराजित भइन् ।

थाहा नगरपालिका महिलातर्फ सुनमाया भोम्जन निर्विरोध भएकी थिइन् । थाहा नगरकै खुलातर्फ नवराज लामा ८८१ र भीमबहादुर भोम्जन ७७४ विजयी हुँदा नविन अधिकारी ३६०, पदमसिंह खड्का २९१ र राजभाई गोपाली ५३३ पराजित भए । कैलाश गाउँपालिका महिलातर्फ मीना गुरुङ ६५२ विजयी भएकी थिइन् भने लालिमाया योञ्जन ६३२ मत ल्याएर पराजित भइन् । कैलाश गाउँपालिकाकै खुलातर्फ उदासकुमार भ्लोन ७७६ निर्वाचित हुँदा बुद्धिबहादुर घलान ६१५ पराजित भए । राक्सिराङ गाउँपालिकाको महिलातर्फ बच्चीमाया नेगी सर्वसम्मत भएकी थिइन् भने खुलातर्फ जयबहादुर तितुङ ५९२ विजयी हुँदा अशोक घलान ५०४ र छत्रबहादुर तामाङ ३४१ मत ल्याएर पराजित भए ।

मनहरी गाउँपालिकाको महिलातर्फ अम्बिकाकुमारी घिमिरे अधिकारी ७०७ निर्वाचित हुँदा कमला मैनाली ६१५ पराजित भइन् । खुलातर्फ भने चन्द्रबहादुर न्यौपाने ६८३ विजयी हुँदा रामचन्द्र कालाखेती ६८८ पराजित भए । बागमती गाउँपालिका महिलातर्फ जिल्ला सदस्यमा सुनिता राई ७८३ विजयी हुँदा मनमाया नेपाली ७१७ पराजित भइन् । बागमतीकै खुलातर्फ शेरबहादुर राना मगर ‘क्षितिज’ निर्विरोध चयन भएका थिए । बकैया गाउँपालिकाको महिलातर्फ चमेली लामा डिम्डुङ ९१९ विजयी हुँदा डम्बरीकुमारी गिरी ४६० पराजित भइन् । खुलातर्फ भने सेतेमान बल निर्विरोध भएका थिए ।

मकवानपुरगढी गाउँपालिका महिलातर्फ भीमकुमारी न्यौपाने निर्विरोध चयन भएकी थिइन् । खुलातर्फ माधवप्रसाद न्यौपाने ८२५ विजयी हुँदा रामजीप्रसाद न्यौपाने ६०९ पराजित भए । भीमफेदी गाउँपालिका महिलातर्फ संगिता राना मगर ९३० विजयी हुँदा निर्मला श्रेष्ठ ४५४ पराजित भइन् । खुलातर्फ अर्जुनप्रसाद पुडासैनी ७६४ विजयी भएका थिए भने नमराज बर्तौला ६१५ पराजित भएका थिए । ईन्द्रसरोवर गाउँपालिका महिलातर्फ निर्मला रुम्बा र खुलातर्फ बिष्णुकुमार कार्की निर्विरोध चयन भएका थिए । कांग्रेसको सभापति पदमा बुद्ध लामा, उपसभापतिमा धर्म लामिछाने र आनन्द कठायत, सचिवमा भीमसेन महत र ईश्वरकुमार पाठक तथा सहसचिवमा ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं निशान विजयी भएका थिए ।