प्रदेश प्रमुख शर्माद्वारा फागु पर्वको शुभकामना

तु खबर संवाददाता
२०७८ चैत्र ३,बिहीबार ०८:२४
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले रंगहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागु पर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

पहाडी र हिमाली तथा भित्री मधेसका जिल्लाहरुमा आज (बिहीबार) र तराईका जिल्लाहरुमा भोलि शुक्रबार मनाइदै गरिएको होलीको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै प्रदेश प्रमुख शर्माले फागु जस्ता मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्ने उल्लेख गरे ।

‘बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक, विविधतायुक्त हाम्रो देश यही विविधताभित्र एकता, सद्भाव र सहिष्णुताका लागि संसारको उत्कृष्ट नमूना बनेको छ । हामीले हाम्रा विशेषताप्रति गौरवबोध गर्न सक्नुपर्दछ । हाम्रा यी मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्नेछन् ।’ शर्माले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

शर्माले प्रकृति बासन्ती चोलामा मौलिक रंगहरुले सजिने यो अवसरमा हामीहरु विविध रंगको पर्व मनाइरहेकाले यस पर्वलाई आपसीखुशी र सहमतीको पर्वका रुपमा स्वीकार गरी अनुशासित र मर्यादित भएर मनाउँन सबै उत्साहित हुनुपर्नेमा जोड दिएका छन् । उनले मानव जीवन रंगीन र उल्लासमय बनाउन होलीले सकोस् भन्ने पनि शुभकामना व्यक्त गरेका छन् ।

हेर्नुहोेस् शुभकामना सन्देश ।