कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा श्रद्धाञ्जली सभा
![](https://www.tukhabar.com/wp-content/uploads/2022/03/congress-5.jpg)
मकवानपुर । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठकी आमाको निधनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले काठमाडौं पशुपतिस्थित किरियापुत्री भवनमा पुगेर श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
संसदीय दलका नेता एवम् प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित सांसदहरुको टोलीले श्रेष्ठकी आमा रुपदेवी श्रेष्ठको तस्विरमा माल्यार्पण गरेको थियो । कार्यक्रममा बोल्दै बानियाँले उनको निधनले नेपाली कांग्रेसले एक निष्ठावान कार्यकर्ता र समाजले सामाजिक व्यक्तित्व गुमाएको जनाएका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री निमा लामा, राज्यमन्त्री कल्पना नेपालीसहित नेपाली कांग्रेसका सांसद र कांग्रेस बागमती प्रदेशका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठकी आमाको गत फागुन २५ गते उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।