सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरिएको छ । मंगलबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम अनुमोदन गरेको हो ।
योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनुवाइको क्रममा पुष्टि भएपछि श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । श्रेष्ठलाई गत फागुन २७ गते बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।