फेरी बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ?

तु खबर संवाददाता
२०७८ चैत्र २०,आईतवार १७:२०
file-photo

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामो दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सार्वजनिक सवारी साधनको भाडा १५ प्रतिशतसम्म बढाएको हो । सरकारले यात्रुबाहक सवारी साधनको भाडा भने १० प्रतिशतले बढाएको छ ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो ।

कुन रुटमा कति पुग्यो भाडा ?

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab