बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

तु खबर संवाददाता
२०७८ चैत्र २१,सोमबार १०:०२
file-photo

काठमाडौं । बलेफी हाइड्रोपावरले सर्वसाधारणलाई निष्कासन गरेको आईपीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार, हिजो साँझसम्मको आँकडा अनुसार, १२ दशमलव ७६ गुणा बढीले आवेदन दिईसकेको जनाएको छ ।

कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।