बारको मतगणना आज बिहान ९ बजेदेखि सुरु

तु खबर संवाददाता
२०७८ चैत्र २२,मंगलवार ०८:००

काठमाडौं । नेपाल बार एशोसिएशनको २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आजदेखि मतगणना सुरु हुने भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार, बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको हो ।

३४ केन्द्रबाटै मतपेटिका काठमाडौं केन्द्रमा आइपुगेको छ । बारको यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा ५ हजार ७०० र उपत्यका बाहिर ३ हजार ५०० रहेका थिए ।