पल शाहको मुद्दामा आज थुनछेक बहस
काठमाडौं । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) थुनछेक बहस सुरु हुने भएको छ । मंगलबार नवलपुल जिल्ला अदालमा बयान सकिएसँगै शाहको मुद्दामा आज थुनछेक बहस हुने भएको हो ।
तनहुँ हिरासतबाट मंगलबार नवलपुर जिल्ला अदालत बयानका लागि ल्याइएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको हो । पलको करिब ६ घन्टा बयान लिइएको हो ।
आज सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्नेछन् । आज अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने क्षेत्रीले जानकारी दिए । अभिनेता शाहविरुद्ध नवलपुरमा चैत्र ३ गते जबर्जस्ती करणी मुद्दा दायर भएको थियो । चैत्र १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि शाह थुनामा थिए ।