गहुँ खेतमा एक युवकको शव फेला

तु खबर संवाददाता
२०७८ चैत्र २३,बुधबार १६:३८
सांकेतिक तस्वीर

जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महराको शव सोही नगरपालिकाको वडा– ६ स्थित गहुँ खेतमा भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ । यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको उनले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लैजाने तयारी भइरहेको जनाइएको छ ।